काठमाडौँ — इन्टरनेटका बाल यौन दुर्व्यवहारजन्य सामग्री निरुत्साहित गर्ने उद्देश्यले ‘चाइल्ड सेफ्टी डट ओआरजी डट एनपी’ पोर्टल सुरु गरिएको छ । फोरम फर डिजिटल इक्वालिटी, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एन्ड टेक्नोलोजीको साझा अभियान अनलाइन चाइल्ड प्रोटेक्सन इनिसियटिभ र बेलायतस्थित इन्टरनेट वाच फाउन्डेसनको संयुक्त पहलमा बुधबार काठमाडौंमा उक्त पोर्टल लन्च गरिएको हो ।