सामाजिक संजाल :

भावनात्मक हिंसाजन्य दूव्र्यवहार

  • भावनात्मक हिंसाजन्य दूव्र्यवहार

भावनात्मक हिंसाजन्य दूव्र्यवहार

भावनात्मक हिंसा अनलाईनमा हुने अर्को गंभिर प्रकृतिको दुव्र्यवहार हो । यस्तो प्रकारको दूव्र्यवहारमा बालबालिकाको भावना माथि निरन्तर खेलवाड गरिन्छ । यो एक प्रकारको अनलाईनमा हुने मनोवैज्ञानिक हिंसा हो । यस प्रकारको भावनात्मक दुव्र्यवहारमा पिडकले बालबालिकालाई डर–त्रास देखाउने, अपमान गर्ने, अलग–थलग गर्ने वा बेवास्ता गर्ने गरिएको हुन्छ । अनलाईनमा हुने केहि प्रमुख भावनात्मक हिंसाजन्य दूव्र्यवहार निम्नानुसार हुन सक्छः

  • बालबालिकालाई अपमान वा लगातार आलोचना गर्नु
  • धम्की दिनु, बालबालिका माथि कराउनु , वा बालबालिकाको नाम बोलाउदा चिच्याएर बोलाउनु
  • बालबालिकालाई मजाकको विषय बनाउने, वा बच्चालाई चोट पुर्याउने व्यंग्यहरुको प्रयोग गर्नु
  • दोषारोपण र अनावश्यक फसाउनु
  • बालबालिकालाई नराम्रो कार्य गर्ने लगाउनु
  • बालबालिकाको आफ्नै व्यक्तित्वलाई विकास गर्न नदिनु वा तिनीहरूको जीवनलाई नियन्त्रण गर्ने प्रयास गर्नु
  • बालबालिकालाई निजको क्षमता भन्दा माथि कार्य गर्न लगाउनु वा उनीहरूको क्षमताको सीमालाई पहिचान नगर्नु
  • बालबालिकालाई घरेलु हिंसा वा लागूपदार्थ सेवन जस्ता चिन्ताजनक घटना वा परिस्थितिको सामना गराउनु
  • बच्चाको सामाजिक विकास प्रबर्धन नगर्नु
  • तिनीहरूलाई साथीहरू बनाउन अनुमति नदिनु
  • लगातार तिनीहरूलाई बेवास्ता गर्नु
  • बालबालिकाहरुको लागि अनुपस्थित हुनु
  • बालबालिकालाई बहकाउनु
  • बालबालिकाहरु प्रति सकारात्मक भावनाहरू व्यक्त नगर्नु वा बालबालिकाको सफलतामा बधाई नदिनु
  • बालबालिकासँगको अन्तरकृयामा कुनै पनि भावनाहरू नदेखाउनु, यसलाई भावनात्मक उपेक्षा पनि भनिन्छ ।