सामाजिक संजाल :

बाल यौन दुव्र्यवहार

  • बाल यौन दुव्र्यवहार

बाल यौन दुव्र्यवहार

इन्टरनेटमा बालबालिका विरुद्ध अधिकतम हुने अर्को दुव्र्यवहार यौन दुव्र्यवहार हो । बाल यौन दुव्र्यवहार भन्नाले सामान्यता बालबालिकाहरुलाई जबरजस्ती वा छलद्वारा यौन क्रियाकलापमा संलग्न गराउनु हो । यौन दुव्र्यवहार अनलाइनमा पनि संभव मात्र होइन गंभिर पनि छ । बालबालिकालाई जबरजस्ती यौनजन्य तश्विर वा वा भिडियो आदान प्रदान गर्न वा देखाउन वा अनलाइन यौन गतिविधिमा भाग लिन प्रेरित गर्नु यौन दुव्र्यवहारका गतिविधिहरु हुन् । यौन दुव्र्यवहार सामान्यतः दुई प्रकारका हुन्छन्, सम्पर्क मार्फत गरिने यौन दुव्र्यवहार र गैर–सम्पर्क मार्फत हुने यौन दुव्र्यवहार । यौन दुव्र्यवहार व्यक्ति मार्फत पनि हुन सक्छ भने अनलाइन माध्यम प्रयो गरी पनि हुन सक्छ ।

अ) सम्पर्क मार्फत हुने यौन दुव्र्यवहारः– सम्पर्क मार्फत हुने दुव्र्यवहारमा पीडकले बालबालिकासँग शारीरिक सम्पर्क गर्ने वा छुने कार्य गर्दछ । सम्पर्क दुव्र्यवहारमा गलत आशय सहितको छुवाइ, चुम्बन र मौखिक यौनक्रिडा समावेश हुन्छ । यौन दुव्र्यवहार सधै केवल लैंगिक यौन क्रियाबाट मात्र होइन, अन्य स्वरुपमा पनि हुन सक्छन् । सम्पर्क मार्फत हुने दुव्र्यवहारको केहि उदाहरणहरू देहाय बमोजिम हुन सक्छन्ः–

  • लुगा लगाइएको वा नलगाइएको बालबालिकाको शरीरको कुनै पनि यौनिक भागको स्पर्श गर्नु ।
  • शरीरको कुनै भाग वा वस्तु प्रयोग गरी बालबालिकालाई बलात्कार गर्नु वा यौनांगमा प्रवेश गराउनु ।
  • बालबालिकालाई यौन गतिविधिमा भाग लिन उक्साउनु तथा बाध्य पार्नु ।
  • बालबालिकालाई कपडा खोल्न वा अन्य कसैलाई छुन लगाउनु ।

आ) गैर-सम्पर्क मार्फत हुने यौन दुव्र्यवहारः– गैर–सम्पर्क मार्फत हुने दुरुपयोगमा पीडकद्वारा बालबालिकालाई नछोइकन दुव्र्यवहार गर्ने गरिन्छ । यस्ता दुव्र्यवहार व्यक्तिद्वारा वा अनलाइन हुन सक्छ, जस्तै :

  • एक्सपोजिंग वा फ्ल्यासिंग
  • अश्लील सामग्री देखाउनु
  • बालबालिकालाई यौन गतिविधि लगाउनु
  • बालबालिकालाई हस्तमैथुन गर्न लगाउनु
  • बालबालिकालाई दुव्र्यवहारका तस्विर वा भिडियोहरू बनाउन, हेर्न वा आदानप्रदान गर्न बाध्य पार्नु
  • बालबालिकाहरुको यौन हिंसाका तस्विर वा भिडियोहरू बनाउने, हेर्ने वा वितरण गर्ने
  • बालबालिकालाई यौन गतिविधि वा वार्तालापमा अनलाइन वा स्मार्टफोनको माध्यमबाट भाग लिन बाध्य पार्नु ।