सामाजिक संजाल :
Chilld Safety's

बारम्बार सोधिने प्रश्नहरु

  • बारम्बार सोधिने प्रश्नहरु

बारम्बार सोधिने प्रश्नहरु

 

प्रश्नः अनलाईन सुरक्षा पहल भनेको के हो ?

उत्तरः अनलाईन सुरक्षा पहल इन्टरनेटमा बालबालिका विरुद्ध हुने दुव्र्यवहार रोक्न तथा बालबालिका विरुद्ध इन्टरनेटमा प्रकाशन तथा प्रसारण हुने दुव्र्यवहारजन्य सामग्री निर्मूल गरी सुरक्षित इन्टरनेटको वातावरण निर्माणको लागि कार्यरत विभिन्न संस्थाहरुको साझा पहल हो । यस पहल अन्तर्गत विभिन्न सरोकारवालाको साझेदारीमा इन्टरनेटमा उपलब्ध तश्वीर तथा भिडियोलाई एकिकृत रुपमा संश्लेषण गरी सम्बन्धित सरोकारवाला मार्फत उक्त सामग्री हटाउन पहल गर्ने तथा आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाहि गर्न कानुन कार्यन्वयन गर्ने निकायलाई सघाउ पुर्याउन एक उजुरी संयन्त्र संचालन तथा अनलाईन बाल सुरक्षा सम्बन्धमा अध्ययन, अनुसन्धान, जनसचेतना, क्षमता अभिवृद्धि, सम्बन्धित सामग्री उत्पादन तथा वितरण तथा कानुनी, मनोसामाजिक तथा प्राविधिक सहायता उपलब्ध गराईन्छ ।

 

प्रश्नः नेपालमा कस्ता कस्ता बाल दुव्र्यवहारका गतिविधि पाइएका छन् ?

नेपालमा विभिन्न प्रकारका बाल दुव्र्यवहारका गतिविधि पाइएका छन् । नेपालमा देखिएका प्रमुख बाल दुव्र्यवहारका गतिविधि यस प्रकार छन्ः

क. साइबर बुलिङः

साइबर बुलिङ अनलाइनमा हुने एक प्रकारको दुव्र्यवहार हो । अनलाईन बुलिङमा पिडकले बालबालिकालाई जहाँसुकै पनि पछ्याउन सक्दछ । कहिलेकाँही बच्चाहरुलाई यस दूव्र्यवहारबाट बच्न कुनै पनि सुरक्षित ठाउँ छैन जस्तो लाग्न सक्छ । यस प्रकारको दुव्र्यवहारले स्कूलमा मात्र होइन, घरमा हुँदा समेत असर गर्न सक्छ । यो जुनसुकै समय हुन जहाँ सुकै हुन सक्ने भएकोले पिडितलाई आफ्नै घरमा पनि निराश वा त्रसित बनाउन सक्दछ ।साइबर बुलिङमा पिडकले बालबालिकालाई विभिन्न वेबसाइटहरू, सन्देशहरू, सामाजिक संजालहरू र ईमेलहरू मार्फत पछ्याउने, अपमान, उत्पीडन, डराउने, वा धम्की दिने काम गर्दछन । साइबर बुलिङमा पिडक पक्षको शक्ति वा प्रभावले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणका लागि, कुनै एक व्यक्तिमाथि व्यक्तिहरुको समूह वा कम आत्मविश्वास हुने कसैलाई धेरै आत्मविश्वास उठाउने समूह हुन सक्छन् । साइबर बुलिङमा बारम्बार एकै व्यक्तिलाइ फोन, ईमेल, वेबसाइट वा अनलाइन फोरमबाट पछ्याउने गर्दछन् ।

ख. बाल यौन दुव्र्यवहार

इन्टरनेटमा बालबालिका विरुद्ध अधिकतम हुने अर्को दुव्र्यवहार यौन दुव्र्यवहार हो । बाल यौन दुव्र्यवहार भन्नाले सामान्यता बालबालिकाहरुलाई जबरजस्ती वा छलद्वारा यौन क्रियाकलापमा संलग्न गराउनु हो । यौन दुव्र्यवहार अनलाइनमा पनि संभव मात्र होइन गंभिर पनि छ । बालबालिकालाई जबरजस्ती यौनजन्य तश्विर वा वा भिडियो आदान प्रदान गर्न वा देखाउन वा अनलाइन यौन गतिविधिमा भाग लिन प्रेरित गर्नु यौन दुव्र्यवहारका गतिविधिहरु हुन् । यौन दुव्र्यवहार सामान्यतः दुई प्रकारका हुन्छन्, सम्पर्क मार्फत गरिने यौन दुव्र्यवहार र गैर–सम्पर्क मार्फत हुने यौन दुव्र्यवहार । यौन दुव्र्यवहार व्यक्ति मार्फत पनि हुन सक्छ भने अनलाइन माध्यम प्रयो गरी पनि हुन सक्छ ।

अ) सम्पर्क मार्फत हुने यौन दुव्र्यवहारः– सम्पर्क मार्फत हुने दुव्र्यवहारमा पीडकले बालबालिकासँग शारीरिक सम्पर्क गर्ने वा छुने कार्य गर्दछ । सम्पर्क दुव्र्यवहारमा गलत आशय सहितको छुवाइ, चुम्बन र मौखिक यौनक्रिडा समावेश हुन्छ । यौन दुव्र्यवहार सधै केवल लैंगिक यौन क्रियाबाट मात्र होइन, अन्य स्वरुपमा पनि हुन सक्छन् । सम्पर्क मार्फत हुने दुव्र्यवहारको केहि उदाहरणहरू देहाय बमोजिम हुन सक्छन्ः–

    • लुगा लगाइएको वा नलगाइएको बालबालिकाको शरीरको कुनै पनि यौनिक भागको स्पर्श गर्नु ।
    • शरीरको कुनै भाग वा वस्तु प्रयोग गरी बालबालिकालाई बलात्कार गर्नु वा यौनांगमा प्रवेश गराउनु ।
    • बालबालिकालाई यौन गतिविधिमा भाग लिन उक्साउनु तथा बाध्य पार्नु ।
    • बालबालिकालाई कपडा खोल्न वा अन्य कसैलाई छुन लगाउनु ।

आ) गैर-सम्पर्क मार्फत हुने यौन दुव्र्यवहारः– गैर-सम्पर्क मार्फत हुने दुरुपयोगमा पीडकद्वारा बालबालिकालाई नछोइकन दुव्र्यवहार गर्ने गरिन्छ । यस्ता दुव्र्यवहार व्यक्तिद्वारा वा अनलाइन हुन सक्छ, जस्तै :

 

    • एक्सपोजिंग वा फ्ल्यासिंग
    • अश्लील सामग्री देखाउनु
    • बालबालिकालाई यौन गतिविधि लगाउनु
    • बालबालिकालाई हस्तमैथुन गर्न लगाउनु
    • बालबालिकालाई दुव्र्यवहारका तस्विर वा भिडियोहरू बनाउन, हेर्न वा आदानप्रदान गर्न बाध्य पार्नु
    • बालबालिकाहरुको यौन हिंसाका तस्विर वा भिडियोहरू बनाउने, हेर्ने वा वितरण गर्ने
    • बालबालिकालाई यौन गतिविधि वा वार्तालापमा अनलाइन वा स्मार्टफोनको माध्यमबाट भाग लिन बाध्य पार्नु ।
ग. शारीरिक हिंसाः-
  • शारीरिक हिंसामा बच्चालाई शारीरिक हानी वा चोट पुर्याउनु ्र
  • यसमा बालबालिकाहरुलाई जानिजानी चोट पुर्याउनु मनसाय नभए पनि शारीरिक चोटहुने कार्य गरेको हुन सक्छ ।
  • यस्ता चोटहरु बाल(बालिकाहरु माथि गम्भीर अनुशासन, जस्तै बालबालिका बेल्टले हिर्काउनु , वा बालबालिकाको उमेर वा शारीरिक अवस्थाको लागि अनुपयुक्त शारीरिक सजाय दिनुबाट लाग्ने गर्दछ ।
  • शारीरिक हिंसा र अनुशासन बीचको फरक
  • शारीरिक हिंसामा, शारीरिक अनुशासनका रूपहरु विपरीत, निम्न तत्वहरु उपस्थित छन
    • अप्रत्याशितता
    • क्रोधमा हराउनु
    • नियन्त्रण गर्न डर प्रयोग गर्दै
    • बाल हिंसा